विप्लव समुहका केन्द्रीय सदस्यसहित २ जना प्रहरी नियन्त्रणमा



बैतडी, असार २८
नेत्रविक्रम चन्द विप्लवका युवा संगठनका केन्द्रीय सदस्यसहित २ कार्यकर्तालाई शनिबार बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका–१० हतासका ३२ वर्षीय केन्द्रीय सदस्य श्याम भट्ट रहेका छन् ।

यस्तै विप्लव समूहका गाउँ कमिटी सदस्य दोगडाकेदार गाउँपालिका–६ सित्तडका ३२ वर्षीय करन ऐरी (कर्णाली) लाई पनि पक्राउ गरिएको छ । भट्ट युवा संगठनका केन्द्रीय सदस्य रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए । उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।

ऐरीलाई डिलासैनी गाउँपालिका–६ कटौज भन्ने स्थानबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए । डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न जाँदा भागिरहेकै अवस्थामा प्रहरीले समातेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News