कोरोनाबाट विश्वभर कति नेपालीले गुमाए ज्यान ? यस्तो छ पछिल्लो अपडेट




काठमाडौं, असार २८
कोरोना भाइरस संक्रमणबाट विश्वभर एक सय ८१ जना नेपालीले ज्यान गुमाएका छन् । नेपालमा मात्र आइतबार विहानसम्म ३८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो एक साता विदेशमा कोरोना भाइरसका कारण कसैले पनि ज्यान नगुमाएको एनआरएनले जनाएको छ । साथै, एनआरएनएले विश्वमा ९२ प्रतिशत नेपालीले कोरोनाभाइरसलाई जितेको पनि तथ्यांक प्रस्तुत गरेको छ ।

एनआरएनएले कोरोनाबारे बनाएको समितिका संयोजक डा. सन्जीव सापकोटाले दिएको जानकारीअनुसार विश्वभर अब २९ हजार ६ सय २४ जनामा २७ हजार ३ सयभन्दा धेरै नेपालीले कोरोनाभाइरस जितेका छन् । नेपालको तथ्यांकसमेत जोड्दा विश्वभर ४६ हजार ३ सय ४६ जना कोरोना संक्रमित पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News