देशभरको मौसममा बदली, यी ठाउँमा हुनेछ ठूलो वर्षा


 



काठमाडौंं, असार २९
अहिलेपनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विभागकाअनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ मा भारी वर्ष हुनेछ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुनेछ ।

त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम रहेको हुँदा सतर्क रहने महाशाखाले जनाएको छ ।

आज स्याङ्जाको आँधीखोला, बाँधखोला लगायत साना नदीमा आकश्मि बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्नेछ ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्