कैलालीमा ट्रक दुर्घटना : एकको मृत्यु, एक जना घाइते




धनगढी, असार २९
कैलालीको चुरेमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराति १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर भाइते भएका बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरालाई उपचारको लागि सेती अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले बताए।

यस्तै दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ५० वर्षीय नारदसिंह धामी घाइते भएका छन्। चालक बुङ्गल नगरपालिका १ का ३२ वर्षीय कलक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News