नदीमा बगेर बेपत्ता भएका बालक भारतमा मृत फेला



बैतडी, असार २९
बैतडीको चमेलिया नदीमा बगेर बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ चौसेराका ९ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेका हुन् ।

डिलाशैनी वडानम्बर ६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका बालक साँझ ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बाख्रा चराउन चमेलिया नदी किनार गएका रुपेश नदीमा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले बताए । बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ ।

शव नेपाल ल्याउन भारतीय प्रशासन र प्रहरीसँग समन्वय भइरहेको छ । जसका लागि भारतीय प्रहरीले दुई जना आफन्तलाई बोलाएको छ । कोरोनाका कारण अहिले झुलाघाट नाका बन्द छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News