थप ६ वटा प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति




काठमाडौं, असार २९
नेपालमा थप ६ वटा स्वास्थ्य प्रयोगशालाले कोरोनाको पीसीआर विधिबाट परीक्षण गर्ने अनुमति पाएका छन् । जसमध्ये चारवटा उपत्यकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौंका चार र बुटवल र नेपालगञ्जका दुई गरी ६ वटा निजी प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

काठमाडौं उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताले बताए ।

उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News