काठमाडाैँमै वेभसाइटमा किशाेरीकाे अश्लील भिडियाे अपलाेड गर्ने पक्राउ



काठमाडौं, असार २९
आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने एक जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ।

ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हाे ।

श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताएका छन् । श्रेष्ठले ती बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडितको तर्फबाट साइबर ब्युरोमा उजूरी परेको थियो ।

ब्युरोका सह–निर्देशक नविन्द अर्यालका अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।




 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News