नेता खनालले भने-ओली एकलौटी ढंगले चल्दा नेकपामा खतरा



काठमाडौं, असार २९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले चल्ने गरेको आरोप लगाएका छन् ।

सहाना प्रधान स्मृति प्रतिष्ठानले सोमबार गरेको जुम मिटिङमा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताए ।

अहिले जसरी नै ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताउदै उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन । सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News