भगवान रामबारे प्रधानमन्त्री ओलीको प्रवचनप्रति भारतीय पार्टी विजेपीको आपत्ती


 



काठमाडौं, असार ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे गरेको प्रवचनप्रति भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आलोचना गरेको छ ।

भाजपाका प्रवक्ता विजय सोनकरले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका हुन्।सोनकरले शास्त्रीले मानिसको धार्मिक आस्थाको विषयमा खेल्ने अधिकार कोहीसँग नभएको बताएका छन्।

‘भगवान राम आस्थाका विषय हुन्। जनताले त्यो आस्थासँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही,ु शास्त्रीको भनाईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आइतवार भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको ओलीले बताएका हुन्।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए। भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले रामबारे आफ्नो अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्