बाजुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु




बाजुरा, असार ३०
बाजुराको बुढीनन्दामा पहिरोमा परिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए । घटनाबार थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News