हातहतियारसहित दुई जना पक्राउ


 



काठमाडौं, असार ३०
डडेल्धुरामा हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको आलिताल फल्लीखर्कका लालबहादुर कुँवरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

कुँवर घरमा लुकाई छिपाई राखेको लाईसेन्स बिनाको भरुवा बन्दुक १ थान, सोही भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा र सिसा १७ थान सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै काभ्रे पाँचखाल कोटयाङका सन्तवहादुर तामाङलाई भरुवा बन्दुक १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्