‘अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन’


 


काठमाडौं, असार ३०
परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति राजनीतिक विषय नभएको प्रष्टीकरण दिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’

साथै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अयोध्याको महत्त्व र सांस्कृतिक मूल्यलाई कमजोर पार्नका लागि नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्