वडाध्यक्षमाथि किशोरी बलात्कारको आरोप, अर्कैले देखेपछि घटना बाहिरियो




कालिकोट, असार ३१
कालिकोटको खाँडाचक्र नगरपालिकाका एक वडाध्यक्षमाथि बलात्कारको आरोप लागेको छ । नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो । 

पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् । 

केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । आफू विरुद्ध प्रहरीमा उजुरी पुगेपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन् । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News