साझाले २६ वटा बस चलाउने



काठमाडौं, असार ३१
सार्वजनिक यातायात चल्न थालेपछि साझा यातायातले पनि बिहीबारबाट सेवा थाल्ने तयारी गरेकाे छ। साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने बताए ।

सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेय बताउँछन् । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गर्छौं,’ पाण्डेयले भने । यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ ।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News