सशस्त्रका एसएसपीमाथि बलात्कार आरोप



पोखरा, असार ३१
चितवनकी एक महिलालाई आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार गरेकाे आरोप एक एसएसपीमाथि लागेकाे छ।

बलात्कार आरोप लागेको सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी भने फरार भएका छन् ।

चितवन भरतपुरकी ति महिलाले प्रहरी समक्ष सशस्त्रका एसएसपी अधिकारीले आफ्नै कार्यलयमा लगेर बलात्कार गरेको बयान दिएकी छन् ।

एसएसपी अधिकारीले आफुलाई लट्याउने औषधी प्रयोग गरी बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको तर, एसएसपी अधिकारी फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News