२ दिन विजाेर मात्रै चल्दा जोर सवारीधनी मार्कामा


 


काठमाडौं, असार ३१
लकडाउनका बेला ट्राफिक प्रहरीले उपत्यकामा जोरबिजोरको नियमलाई कडाइ गरिरहेको छ ।

जोरबिजोर चेकजाँचलाई तिव्रता दिरहेको ट्राफिक प्रहरीले विभिन्न ४६ वटा चेकिङ प्वाइन्ट मार्फत चेकजाँचलाई गरिरहेको छ । ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली छ ।

प्रायजसो जोर पछि विजोर दिन नै आउने हो । तर, यो पटक भने दुई दिन लागातर बिजोर गते पर्दा जोर सवारीसधान रहेकाहरु भने समास्यामा पर्ने देखिएको छ ।

बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने भएका हुन् । जसले गर्दा दुई दिन जोर सवारी साधन घरमै बस्ने भएका छन् ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्