डिआइजीद्वय कार्की र शाही एआइजीमा बढुवा सिफारिस


 


काठमाडौं, असार ३१
गृह मन्त्रालयले प्रहरी नायब महानिरिक्षकद्वय (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस गरेको छ ।

आज साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

शैलेस थापा क्षेत्री आइजीपी बनेपछि र एआइजी तारिणीप्रसाद लम्साल अवकाश पाएका कारण प्रहरीमा दुइ एआइजीकाे पद रिक्त रहेकाे थियाे  ।

सिफारिस भएका डिआइजीद्वय कार्की र शाहीलाई मन्त्रिपरिषद्ले एआइजीमा नियुक्त गर्नेछ ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्