पोशाकमा टिकटक बनाउने प्रहरीलाई कारबाही


 


विराटनगर, साउन १
मोरङमा पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको खुलेपछि दुई प्रहरीमाथि कारबाही सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राई अनुसन्धानको दायरामा तानिएका हुन्।

प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि यस विषयलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। टिकटक बनाउने क्रममा उनीहरुले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका छन्।

यस घटनलाई लिएर प्राप्त भएको फोटोले पनि हवल्दार सोनाम र जवान राई दुई जना मिलेर टिकटक बनाएको पुष्टि गर्छ। डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्