खड्काले दिए वैदेशिक रोजगार बोर्डको सदस्यबाट राजीनामा

काठमाडौँ, साउन २
वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यबाट कैलाश खड्काले बिहीबार राजीनामा दिएका छन् । उनी नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष हुन् ।
खड्काले बोर्डलाई पूर्ण कार्यकालसम्म सहयोग गर्ने मनसाय हुँदाहुँदै पनि कार्यव्यस्तता एवं समय अभावका कारण निरन्तरता दिन नसकिने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवलाई राजीनामा बुझाएका हुन् । मन्त्री यादव बोर्डका अध्यक्षसमेत हुन् ।
यादवले श्रम मन्त्रालयको स्वास्थ्य विशेषज्ञ सदस्य रहेको भन्दै बोर्डको विज्ञ सदस्यमा दुई बर्षको लागि खड्कालाई असार १८ गते नियुक्ति गरेका थिए ।
उनले बोर्डमा खड्का र म्यानपावर व्यवसायी हेमबहादुर गुरुङलाई मनोनीत गरेका थिए। यसमा विवाद निस्किएपछि गुरुङले पनि राजीनामा दिइसकेका छन् ।
प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार