काठमाडाैंमै अपहरण गर्ने सातजना पक्राउ



काठमाडौं, साउन ३
काठमाडौंबाटअपहरणमा परेका व्यक्तिको लोकन्थलीबाट सकुशल उद्धार गरिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले टोखाबाट अपरहरणमा परेका जनकपुरका रामबाबु साहको सकुशल उद्धार गरेको हो । महाशाखाका एसएसपी दिपक थापाका अनुसार साहलाई ५ जनाको समूहले गाडीमा हालेर लगेका थिए । तर रामबाबुले नै लामो समयदेखि जग्गाको बैना लिएर अर्कैलाई जग्गा बेचेको पाइएको छ ।

एसएसपी थापाले भने,“अपरहणमा परे पनि साहको ठग्ने नियत देखिन्छ । साहले अपहरणकारी भनिएका व्यक्तिबाट मनहरा फाँटको ८ आना जमिनको वैनावापत २५ लाख लिएका रहेछन् । तर जमिन अर्कैलाई बेचेको र रकम फिर्ता नगरेको पाइयो ।”

थापाका अनुसार साहलाई लगेर लोकन्थलीस्थित आशालाल प्रजापतिको घरमा राखिएको थियो । सोही घरबाट ३ घण्टामै उद्धार गरिएको हो । महाशाखाले साह र प्रजापतिसहित ७ जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News