बाढी-पहिरोमा बेपत्ता २३ जना अझै भेटिएनन्



काठमाडौं, साउन
सिन्धुपाल्चोकमा बाढी-पहिरो परी बेपत्ता भएका २३ जना अझै फेला परेका छैनन्। बाढी-पहिरोमा परी बेपत्ता भएकाकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ।

अघिल्लो बुधबार रातिको बाढी-पहिरोले बेपत्ता बनाएका बाह्रबिसेको जम्बुका १७ जना, भोटेकोशी–५ बुल्कुर्टेका ३ जना र गत बुधबार घर पुरिँदा भोटेकोशी–४ फुल्पिङकट्टीका २ जना अझै फेला परेका छैनन्। यस्तै गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको अडिट गेट फुट्दा आएको बाढीले मुहानस्थलबाटै बेपत्ता भएका एक जना पनि फेला पर्न सकेका छैनन्।

बुधबार रातिको पहिरोमा पुरिएर बेपत्ता भएका भोटेकोशी–४ फुल्पिङकट्टीका एकै परिवारका ५ जनामध्ये शुक्रबार १४ वर्षकी छिरिङवाङ्गु शेर्पाको शव फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News