तीन दिनभित्र सार्वजनिक सवारी सञ्चालनमा आउने




काठमाडौं, साउन ३
यातायात व्यवसायीले तीन दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने बताएका छन् । केहि दिन अघि आवश्यक तयारी र व्यवसायीलाई राहत नल्याई सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने बताउँदै आएका यातायात व्यवसायी अहिले त्या अडानबाट पछि हटेका छन् ।

हिजो शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायी सवारी सञ्चालन गर्नमा तयारी भएका हुन् । उनीहरुले राखेको बैंकको किस्ता सार्नुपर्ने, सहुलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग मौद्रिक नीतिमार्फत् सम्बोधन भएपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु सकारात्मक भएका हुन् ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । तर कोरोना भाईरस कोभिड १९ बाट आफू जोगिएर यात्रुको सुरक्षित यात्रा गराउन अहिलेकै अवस्थामा नसकिने बताएका व्यवसायीले केही दिनमा नै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News