प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु




प्युठान, साउन ४
प्युठानको स्वर्गद्वारामा गएराति ट्र्याक्टर दुर्घटना भएको छ । नगरपालिकाको वडा नम्बर–३ रुमालेमा लु२च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना भने बाँच्न सफल भएका छन् । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै ट्याक्टर दुर्घटनामा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनकाअनुसार दुर्घटनामा मृत्यु भएका कसैको पनि सनाखत भएको छैन । ट्र्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News