ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडे सीमास्तम्भ



पर्सा, साउन ४
नेपाल भारत सीमाक्षेत्रस्थित पर्साको ठोरीमा सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेपछि नेपाली पक्षले पनि भारतीयलाई जवाफ दिएको छ।

ठोरीमा उखेलिएको सीमा पिल्लर ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल  श्रेष्ठको अगुवाईमा ४३६ नम्बरको उखेलिएर फलिएको पिल्लर गाडिएको हो ।

सीमा पिल्लर उखेलेर नजिकै फ्याँकिएसँगै भारतले सीता गुफा क्षेत्र अतिक्रमण गर्न खोजेको भन्दै साँझपख डेढ घण्टासम्म ठोरी बजार क्षेत्र तनाबग्रस्त भएको थियो ।

भारतीय पक्ष र नेपाली पक्षबिच झण्डै कुटाकुटको अवस्था सिर्जना भएसंगै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल ठोरी क्षेत्रमा पटक पटक सीमा विवाद हुँदै आएको छ। ठोरीबासीहरुले सीमा रक्षाका निम्ति अविराम संघर्ष गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको  सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका हुन ।

भगवान राम जन्मेको भनिएको अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने स्थानिय बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News