साउने सोमबारमा खुल्छ कि खुल्दैन पशुपति मन्दिर ?




काठमाडौं, साउन ४
अघिल्लो वर्षका साउन महिनाको जस्तो साउने सोमबार यस वर्ष नहुने भएको छ । भगवान शिवको पूजा तथा दर्शनका लागि विशेष रुपमा लिइने यो साउने सोमबारमा पनि यस वर्ष पशुपति मन्दिर नखुल्ने भएको छ ।

पशुपति क्षेत्रमा भक्तजनले आफू उपस्थित भएर दर्शन तथा पूजा आराधना गर्न यो वर्ष पाउने छैनन् । कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको पहिलो सोमबार (भोलि) का लागि विशेष व्यवस्था नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता भोला सिटौलाका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला गरिने छैन ।

तर सरकारले मन्दिर खुला गर्ने निर्णय गरेमा साउनका अरु सोमबार दर्शन गर्न पाइने र त्यसका लागि तयारी पनि गरिएको उनले बताए । त्यसका लागि भौतिक दूरी कायम हुने गरी लाइन बस्ने व्यवस्था मिलाउन गोलो घेरा बनाइएको उनले जानकारी दिए ।

मन्दिर खुला भएपछि पनि सरकारी मापदण्ड अनुसार काम हुने बताउँदै उनले पश्चिम गेटको सानो द्वारबाट पस्ने र ठूलो गेटबा निस्कने गरी तयारी गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News