कोरोना अपडेट: १५६ जनामा संक्रमण, संक्रमितकाे संख्या साढे १७ हजार



काठमाडौं, साउन ४
नेपालमा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म ४० जनाको कोरोना भाइरसको सक्रमणबाट मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ६९५ पुगको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको हाे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News