बावुद्वारा नाबालिका छोरीमाथि पटक–पटक बलत्कार



भद्रपुर, साउन ५
आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८ मा डेरा गरी वस्ने बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरोपितले पटक – पटक नाबालिका छोरीलाई करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई नियन्त्रणमा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताउनुभयो । १२ वर्षीया नाबालिका छोरीलाई करणी गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News