पहिरोले घर पुरिदा श्रीमान–श्रीमती बेपत्ता




नवलपरासी, साउन ६
नवलपुरको बुलिङटार गाउँपालिका–२ डाँडाझेरीमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता भएका छन् ।

बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीका अनुसार गएरातिको पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खिनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता हुनुभएको हो ।

पहिरोमा पुरिएर बेपत्ता भएका दुवै जनाको स्थानीयको सक्रियतामा खोजी कार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले बताए । उनकाअनुसार पहिरोका कारण केही चौपाया समेत पुरिएका छन् ।

घटनास्थलमा उद्धारका लागि अहिले ईलाका प्रहरी कार्यालय बुलिङटारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

यस्तै गएराति विनयी त्रिवेणी गाउँपालिका –४, मा दुम्किबासबाट विपरीत दिशातर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप खहरे खोलाले बगाएको छ । पिकअप बगाए पनि मानवीय क्षती भने नभएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News