थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज




काठमाडौं, साउन ६
पछिल्लो २४ घण्टामा देशमा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ।

सोमबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News