घुससहित सव–इन्जिनियर पक्राउ




धनगढी, साउन ७
कैलालीको धनगढीबाट घुससहित एक जना सव–इन्जिनियर पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव–इन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन्।

कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News