राजविराजमा बिहानैदेखि निषेधाज्ञा जारी




सप्तरी, साउन ८
राजविराजमा आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । राजविराजमा हिजो एकैपटक १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चित कालाका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नै लकडाउनमा कडाइ गर्ने निर्णय गरिसकेको छ ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृत्यु भएका वृद्धका परिवारका ५ जनासहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ आचार्यका अनुसार अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा तथा स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News