थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज




काठमाडौं, साउन ८
पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा १४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससंगै कोरोना संक्रमित संख्या १८ हजार २४१ पुगेको छ। त्यस्तै, १५६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज भएको सहित १२ हजार ८४० जना निको भएर घर फर्किएका छन्। हाल उपचारत संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ। अहिलेसम्म देशभर तीन लाख ३१ हजार ९५ जनाको पीसीआर परीक्षण गरिएको छ।

मन्त्रालयले रौतहट, कैलाली र बाजुरामा पाँच सय भन्दा बढी संक्रमित रहेको जनाएको छ। छ जिल्ला भने संक्रमण शून्य बनेको छ। पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ संक्रमण शून्य भएको जिल्ला हो।

कोभिड महामारीको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–६ का ७० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो। हिजो वीरगञ्जमा संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ४३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News