गाईवस्तु जोगाउन जाँदा पहिरोमा परिएर मृत्यु




धादिङ, साउन ९
धादिङको थाक्रेमा गाईवस्तु जोगाउन जाँदा एक जनाको पहिरोमा परिएर मृत्यु भएको छ । थाक्रे गाउँपालिका ६ कार्की गाउँमा शुक्रबार बिहान २ बजे आएको पहिराले पुरिएर ५५ वर्षीय सानुबाबु पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

उनकाअनुसार गोठ माथिबाट पहिरो आएपछि पन्त गोठमा पालेका गाईवस्तु जोगाउन गएका पन्तको गाइवस्तुसँगै पहिरोमा पुरिएर ज्यान गएको हो ।

अविरल वर्षाका कारण धादिङमा गएको पहिरोले केहि दिन अगाडि मात्रै गजुरी गाउँपालिका २ की १७ वर्षीया निरुता परियार र त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङमा एकै परिवारका मिलन खाँड उनकी श्रीमती सम्झना खाँड र दुई वर्षीया छोरी अञ्जिता खाँडको ज्यान गएको थियो ।

शुक्रबार पहिरोमा पुरिएर पन्तको ज्यान गएसँगै धादिङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News