शुक्रबार थप १३३ जनामा संक्रमण, १०७ जना डिस्चार्ज



काठमाडौं, साउन ९
नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको मन्‍त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । यस्तै थप ए जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News