धनगढी उपमहानगरपालिकाका शाखा प्रमुखको कुर्सीमा ‘दिसा’ भेटिएपछि…




धनगढी, साउन ९
धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा कसैले दिसा राखेको भेटिएको छ ।

शाखा प्रमुख सत्यराज जोशीले कुर्सीमा राखेको दिसा आफ्नो शरीरमा लागेर थाहा पाएपछि उनको कुर्सीमा दिसा राखेको सार्वजनिक भएको हो । शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि उप–महानगरपालिकामा हंगामा मच्चिएको छ ।

घटना सार्वजनिक भएपछि धनगढी उपमहानगरपालिकामा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले कुर्सीमा दिसा भेटिएको सन्दर्भमा अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको बताए ।

यसअघि साउन ७ गते बसेको धनगढी उप–महानगरपालिकाका शाखा प्रमुखहरुको बैठकमा कर्मचारीलाई पुरस्कृत गरिएको विषयमा प्रश्न उठाएका थिए । उनले कर्मचारीको आवास खर्चलगायतका बारेमा पनि प्रश्न उठाएपछि केही कर्मचारी रुष्ट बनेको बताइएको छ । त्यसको भोलिपल्ट नै उनको कुर्सीमा दिसा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News