विश्वभर कोरोनाबाट ६ लाख ४२ हजारको मृत्यु, कुन देशमा कति ?




काठमाडौं, साउन १०
कोरोना भाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ४२ हजार ६ सय ८८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको संख्या १ करोड ५९ लाख ४० हजार ३ सय ८१ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ९७ लाख २३ हजार ९ सय ४९ जना उपचारपछि निको भएका छन् । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ४८ हजार ४ सय ९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ४८ हजार ४ सय ९० पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ८५ हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या २३ लाख ४८ हजार २ सय ०० पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ४६ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ८ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News