कालोबजारी गर्ने व्यापारी जेल चलान



रौतहट, साउन १०
सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल रौतहटका तीन सहकारी संस्थासँग मिलेर किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका रौतहटको चन्द्रपुर १ वाग्मतीका व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाउन नसक्दा बिहीबार राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् ।

तराई–मधेसमा धान खेतीका बेला अनुदानमा आएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले कृषि समाग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर राखालसहित २५ जनामाथि कालोबजारीको मुद्दा चलाइएको डीएसपी हेमबहादुर शाहीले बताए । साह बाहेक मुद्दा चलाइएका अन्य सबै व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले असार १२ गते पक्राउ गरेको थियो । सात सयमा किनिएको मल १७ सयदेखि २२ सय रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News