न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, साउन ११
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार न्यायाधीशसँगै एक जना प्रहरीसहित सात जनालाई कोरोना भएको

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

आज राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News