चार दिन भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह




काठमाडौं, साउन १२
अबका चार दिन सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको छ । 

मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ उति वर्षा बढ्छ । सोमबार रातिदेखि न्यून चापीय रेखा नेपालको नजिक हुने अनुमान गरिए पनि आइतबार नै यो रेखा नेपालको नजिक भएको थियो । जसका कारण अब देशभर बिस्तारै वर्षा बढ्ने अनुमान गरिएको छ । 

यसैगरी मेघगर्जन, चट्याङसहित ठूलो वर्षाको समेत सम्भावना छ ।  सोमबार रातिदेखि भने भारती वर्षा हुने पनि महासंघले जनाएको छ । नदी किनारहरुमा बाढीका कारणले गर्दा ठूलो क्षतिको सम्भावनासमेत रहेको छ । 

यो मनसुनमा पहिलेका तुलनामा धेरैको ज्यान गइसकेको छ । बाढी पूर्वानुमान महाशाखाले समेत सोमबार बिहान नेपाल बाढी सूचना जारी गर्दै विभिन्न स्थानमा सचेतना अपनाउन आग्रह गरेको छ ।

अलर्ट जारी गर्दै महाशाखाले बुटबलको तिनाउ नदी बाढी मापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र बढ्दो रहेकाले कन्चनखोला, तिनाउखोलाको तटिय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने जनाएको छ । बिहान १० बजेसम्म सतर्क रहनसमेत आग्रह गरेको छ । 

त्यस्तै चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नबलपरासी, कपिलबस्तु, रुपन्देही आसपास भारी वर्षा भएकाले उक्त जिल्लाका साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News