१२ वर्षीया बालिकासँग चोरी विहे गरेपछि…




कालिकोट, साउन १२
कालिकोटको नरहरीनाथमा १२ वर्षीया बालिकासंग चोरी विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले बालबिबाह मुद्धामा देवर भाउजूलाई पक्राउ गरेको छ। जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० वर्षीय दिनेश विक र उनकी भाउजु ३० वर्षीय तारा विकलाई प्रहरीले पक्राउ गरेको हो।

नरहरीनाथ गाँउपालिका –६ का २० दिनेशले भाउजू तारा विकको सहयोगमा खाँडाचक्र नगरपालिका– २ की १२ वर्षीया बालिकालाई चोरी विवाह गरेको आरोप छ । वनमा गाई चराउन गएकी बालिकालाई दिनेशकी भाउजू ताराले ललाइफकाइ गरी ल्याएर देवर दिनेशसँग विवाह गराइदिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए।

बालिकालाई यही साउन ८ गते भगाइएको थियो। प्रहरीलाई १० गते जानकारी गराएपछि ११ गते दुवैलाई पक्राउ गरी मुद्धा दर्ता गरिएको डिएसपी ओलीयाले बताए। उनका अनुसार किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाइएको छ।

बालिकाका बाबुले प्रहरीकहाँ जाहेरी दिएपछि प्रहरीले नरहरीनाथ गाँउपालिका वडा नं. ६ माल्कोट पुगेर दिनेश र उनकी भाउजु तारालाई पक्राउ गरी सदरमुकाम ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News