कोरोनाका कारण पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या भारतमा धेरै




काठमाडौं, साउन १३
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ।

कोरोनाले प्रभावित भएका अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले ज्यान गुमाएका वल्र्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा विश्वर तीन हजार नौ सय ८२ जनाको कारोना संक्रमणको कारण ज्यान गएको छ। जसमा भारतमा सबैभन्दा धेरै ६ सय ३६ जना छन्।

यसबीचमा ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२, कोलम्बियामा दुई सय ५२, अर्जेन्टिनामा एक सय २० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा विश्वभर दुई लाख ११ हजार पाँच सय ८८ जनामा संक्रमण देखिएको छ। यस बीचमा सबैभन्दा बढी अमेरिकामा ६० हजार भन्दा धेरै, भारतमा ४६ हजार भन्दा धेरै, ब्राजिलमा २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

अहिलेसम्म विश्वभर ६ लाख ५५ हजार आठ सय ६५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या एक करोड ६६ लाख २९ हजार दुई सय १२ पुगेको छ। अहिलेसम्म विश्वभर एक करोड २१ लाख ७३ हजार ११ जना संक्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News