असन र महाबौद्धमा कोरोना संक्रमण



काठमाडौं, साउन १३
राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको छ ।

शहीद शुक्रराज अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले भारत सीतामणिबाट फर्कनुभएका एकै परिवारका पाँच जनामा कोरोना देखिएको बताए । उनले छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना सङ्क्रमण देखिएको बताए ।

गएको बिहीबारदेखि सो परिवारको परीक्षण सुरु भएको थियो । सङ्क्रमितहरूको उमेर ८ वर्षदेखि ६० वर्ष रहेको छ । सङ्क्रमित सबैलाई अहिले टेकुस्थित शहीद शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भाइलाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो । पछि परिवारलाई समेत परीक्षण गर्दा कोरोना देखिएको हो ।

डा। राजभण्डारीले उनीहरू असन र महाबौद्धको बीचतिर व्यापार गर्ने व्यक्ति भएको र पछिल्लो समय उनीहरूले हाल पसल नखोलेको जानकारी आएको उल्लेख गरे । उनीहरूलाई कोरोना पोजेटिभ देखिएपछि वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गरिदिनुप¥यो भन्दै टेकु पुगेका थिए । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरूको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको थियो । सोमबारबाट भने महाबौद्ध क्षेत्रका स्थानीयले त्यस क्षेत्रका पसल बन्द गराएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News