आजमात्रै ५३ जना थपिएपछि काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्यो



काठमाडौं, साउन १३
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना पुष्टि भएसँगै काठमाडौंमा कोरोनाको जोखिम बढ्दै गएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४८, ललितपुरमा ४ जना र भक्तपुरमा १ जना गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गौतमका अनुसार आज बझाङका ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गौतमका अनुसार कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News