देखिन थाले लक्षणसहितका कोरोना संक्रमित, चिकित्सकले दिए यस्तो चेतावनी




काठमाडौं, साउन १४
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमीत देखिन थालेको जनाएको छ । ल

राजधानीमा मात्रै मंगलबार २५ जना लक्षणसहितका संक्रमित फेला परेका छन् । यहाँ ६१ जना नयाँ संक्रमित फेला परेका थिए । महाशाखाकाअनुसार थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।

संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले बताए । लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको विषय भएको उनले बताए ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News