कालिकोटमा एकै घरका ६ सहित ९ जना पहिरोमा पुरिए




कालिकोट, साउन १४
जिल्लाको नरहरिनाथ गाउँपालिकाका एकै घरमा ६ जनासहित ९ जनाको पहिरोमा मृत्यु भएको छ । वडा नं ४ र ७ मा पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाले स्थानीय बाले बुढाको घरमाथिबाट आएको पहिरोले घर बगाएपछि एकै घरका ६ जना र सोही गाउँपालिका–७ मा अर्को पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना गम्भीर घाइते भएको प्रहरिले जनाएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा गंगे बुढा, नौना बुढा, कुशा बुढा, चना बुढा ,विमला बुढा, चिरित्र बुढा, राम बुढा र वडा नं ४ निवासी, बाले बुढा र मना बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News