सुदूरपश्चिममा एकैदिन दुई महिनेदेखि १० वर्षसम्मका १२ बालबालिकामा संक्रमण


 



धनगढी, साउन १४
सुदूरपश्चिममा आज एकै दिन थप १२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई महिनेदेखि १० वर्षका १२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका ५७ जनामध्ये १२ जना बालबालिकामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आज
प्रयोगशालामा दुई सय जनाको कोरोना परीक्षण गरिएको थियो ।

उनकाअनुसार १२ जना बालबालिकाहरुमा डोटीको आदर्श गाउँपालिकाका दुई महिने बालक, तीन महिने, सात महिने, १० महिने, र चार वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ। यस्तै आदर्श गाउँपालिकाकै एक, दुई र पाँच वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ। कैलालीको भजनी नगरपालिकाकी तीन वर्षीया बालिकामा समेत कोरोना पुष्टि भएको छ ।

यसैगरि,बर्दगोरीया गाउँपालिकाका १० वर्षीया बालक र कञ्चनपुरको बेलौरीका दुई वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको सेती अस्पतालले जनाएको छ। योसंगै सुदूरपश्चिममा १० वर्षमूनीका कोरोना संक्रमित बालबालिकाको संख्या चार सय ४४ पुगेको छ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्