कोरोना भाइरसबाट विश्वमै पहिलो पटक कुकुरको मृत्यु

न्युर्योक
कोरोना भाइरस संक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु भएको छ । अमेरिकामा सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको छ।
सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी हुन । उनी न्याट जियोमाकी सम्पादक हुन् भने उनी बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन ।
गत अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।
बडीलाई लिम्फोमा थियो ९एक प्रकारको अबुर्द रोग ९क्यान्सर ० यसले उसको मृत्यु हुनु भन्दा ठीक पहिले भोग्नु पर्ने लक्षणहरूबारे बताउँदछ भनि लेखिएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार