अमेरिकामा कोरोना कहर: १ लाख ५० हजारभन्दा बढीकाे मृत्यु



काठमाडौं, साउन १५
अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् ।

अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News