नेपालमा कडा बन्दै कोरोना भाइरस, चिकित्सकले भने– ‘खतराको संकेत’




काठमाडौं, साउन १६
नेपालमा पनि कोरोना भाइरस कडा बन्दै गइरहेको देखिएको छ । आईसीयु र भेन्टिलेटरमा भर्ना गर्नुपर्ने विरामीको संखया बढ्दै गइरहेको छ ।

समुदायस्तरमा फैलिसकेकाले पनि कोरोना रोकथाम र नियन्त्रण काबु बाहिर जाने स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् । विगतमा भन्दा अहिले कोरोना भाइरसको लक्षणसमेत देखिएकाले स्थिति अकल्पनीय हुन सक्ने स्थिति देखिएको छ ।

पहिले युवा उमेरमा मात्रै देखिने कोरोना अहिले दीर्घरोगी र कडा खालका विरामीमा पनि सरेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेका अनुसार केही दिनअघिसम्म ९९ दशमलव ७ प्रतिशत संक्रमितमा लक्षण नदेखिएकोमा हाल त्यो अवस्थामा परिवर्तन भइरहेको छ ।

उनका अनुसार यो खतराको संकेत हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठजना, त्रिवि शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा दुई गरी उपत्यकामा ११ जना आईसीयूमा छन् । थप एकजना भेन्टिलेटरमा समेत छन् । देशभर २२ जना आईसीयूमा छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार लक्षणयुक्त भाइरस देखिनु खतराको संकेत हो । लकडाउन खुलेसँगै संक्रमितको दर बढेकाले आफैं सचेत हुनुपर्ने उनको सुझाव छ । विगतमा अधिकांश कोरोना संक्रमित आइसोलेसनबाटै उपचार गराएर निको भई घर फर्किंदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News