बलात्कार गरी फरार भएका व्यक्ति पक्राउ




धनगढी, साउन १६
कैलालीमा बलात्कार गरी फरार भएका एक पुरुष ९ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ का ३४ वर्षीय विस्रे चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी २०६७ कार्तिक ४ गते एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए । कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको थियो।

उनलाई साउन १२ गते पक्राउ गरि १४ गते पुर्पक्षका लागी कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News